बार्सिलोनाको सानदार जित, मेसीले तोडे पेलेको गोल रेकर्ड

काठमाडौँ । स्पेनिस ला लिगा अन्तर्गत बार्सिलोनाले रियल भल्लाडोलिडमाथि सहज जित हासिल गरेको छ ।

गएराती सम्पन्न खेलमा बार्सिलोनाले भल्लाडोलिडमाथि ३-० गोल अन्तरले पराजित गरेको हो । बार्सिलोनाको जितमा क्लेमेन्ट लेंगलेट, मार्टिन ब्रेथवैट र लियोनेल मेसीले एक एक गोल गरेका थिए ।

मेसीले यस खेलमा गोल गरेसँगै आफ्नो क्यारियरमा ६४४ गोल गरेका छन् । मेसीले योसँगै ब्राजिलका महान फुटबलर पेलेको गोलको किर्तिमान तोडेका छन् । पेलेले आफ्नो क्यारियरमा सबै प्रतिष्पर्धामा ६४३ गोल गरेका थिए ।

मेसीले पेलेको रेकर्ड तोडेपछि आफुले खेल्न शुरु गर्दा कहिल्लै पनि रेकर्ड तोडछु भनेर नसोचेको बताउदै, पेलेको रेकर्ड तोड्ने त झन् नसोचेको बताएका छन् । साथै यस खेलको जितपछि बार्सिलोनाको अवे खेलमा पराजयको सिलसिला पनि रोकिएको छ ।

यो जितपछि बार्सिलोनाको ला लिगामा १४ खेलमा २४ अंक भएको छ र लिगमा पाँचौ स्थानमा रहेको छ । त्यस्तै रियल भल्लाडोलिडको भने १५ खेलमा १४ अंक रहेको छ र लिगमा १८औ स्थानमा रहेको छ ।

प्रतिक्रिया