बेलायतबाट आउनेलाई नेपाल प्रवेशमा रोक
२०७७ पुस ७ गते

काठमाडौं । सरकारले बेलायतबाट आउनेलाई नेपाल प्रवेशमा रोक लगाउने निर्णय गरेको छ ।
मंगलबार अपरान्ह बसेको कोभिड नियन्त्रणसम्बन्धी उच्चस्तरीय निर्देशक समितिको बैठकले बेलायतमा कोरोना भाइरस संक्रमण तीव्र रुपमा फैलिएसँगै बेलायतबाट नेपाल आउने सम्पूर्ण यात्रुहरुलाई प्रवेशमा रोक लगाउने निर्णय गरेको हो ।
यस्तै, निर्देशक समितिले बेलायतबाहेक अन्य देशबाट बेलायतको ट्रान्जिट हुँदै नेपाल आउन समेत रोक लगाएको छ। पुस १ गते यता नेपाल आएकाहरुले अनिवार्य रुपमा ७ दिन क्वारेन्टाइन बसी जाँच गरेपछि मात्र घर जान पनि अनुरोध गरेको छ।
यस्तै मंगलबार नेपाल आउन ट्रान्जिटमा रहेका सबैलाई अनिवार्य रुपमा १० दिन होटल क्वरेन्टाइनमा बसी परीक्षण गरेर मात्र घर जान पनि सरकारले अनुरोध गरेको छ ।
२०७७ पुस ७ गते
प्रतिक्रिया
सम्बन्धित








