नबिल बैंकले शेयर धनीहरुलाई करसहितको कूल ३५.२६ प्रतिशत लाभांश वितरण गर्ने

काठमाडौं । नबिल बैंकले शेयर धनी महाहरुलाई कर सहितको कुल ३५.२६ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ ।

बैंक संचालक समितिको ५५२ औं बैठकले आ.व. २०७६/७७ को मुनाफा मध्येबाट शेयर धनीहरुलाई कर सहितको कुल ३५.२६ प्रतिशत लाभांश (३३.५% बोनश शेयर अर्थात १०० कित्ता बराबर ३३.५ कित्ता तथा कर प्रयोजनको निमित्त १.७६ %नगद लाभांश) वितरण गर्ने निर्णय गरेको हो ।

उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक तथा बैंकको आगामी ३६ औ वार्षिक साधारण सभाको स्वीकृतिपश्चात् आवश्यक प्रक्रिया पुरा गरी बैंकका शेयरधनीहरूलाई वितरण गरिनेछ ।

बैंकले आ.व. २०७६÷७७मा निजी क्षेत्रका बैंकहरुमध्ये उच्चतम मुनाफा रु. ३ अर्ब ४६ करोड हासिल गर्न सफल भएको छ । बैंकले जेथामा प्रतिफल १३.६१ प्रतिशत र प्रतिशेयर आम्दानी रु. ३६.१६ हासिल गरी आफ्नो वासलात विस्तार गर्दै रु. २ खर्ब ३८अर्ब पु¥याएको छ ।

बैंकको संचालनमुनाफा रु. ५ अर्ब ९ करोड रहेको छ । आ.व. २०७५/७६ मा वित्तिय क्षेत्रबाट ठूला करदाताहरु मध्ये सबै भन्दा बढी आयकर बुझाउन सफल बैंकको रुपमा नबिल बैंक स्थापितभएको छ । यस बैंकले आधुनिकीकरणलाई आत्मसाथ गर्दै डिजी बैंकको अवधारणालाईसमेत अवलम्बन गरेको छ ।

नबिल बैंकले ११९ वटा शाखाहरु, १८५ वटा एटिएमहरुको विशाल संरचना र १५०० भन्दा बढी नबिलरेमिट एजेन्टहरुका साथमा देशव्यापी रुपमा र विश्वभर धेरै एजेन्टहरु मार्फत सेवा प्रदान गरेर आफ्ना सबै सरोकारवालाहरुसंग संगै अघि बढ्ने विश्वास राखेको छ ।

प्रतिक्रिया