‘वामदेवजी र थापाजीसँग मेरो भावनात्मक सम्बन्ध छ, उहाँहरू यतै आउनुहुन्छ’

काठमाडौँ । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गृहमन्त्री रामबहादुर थापा बादल र उपाध्यक्ष बामदेव गौतमलाई पनि आफ्नो समूहमा आउन आह्वान गरेका छन् । अहिलेसम्म तटस्थकाे अवस्थामा रहेर कुनै पनि पक्षकाे भेलामा सहभागीता नजनाएका बादल र गाैतमलाई मंगलबारकाे केन्द्रीय समिति बैठकमा प्रचण्डले आफ्नो समूहमा आउने विश्वास व्यक्त गरे ।
बैठकमा सम्बाेधनका क्रममा उनले भनेका छन् – ‘रामबहादुर थापा बादलसँग आज बिहान पनि छलफल भयाे । वामदेवजी र थापाजीसँग मेरो भावनात्मक सम्बन्ध छ । यो नै आधिकारिक पार्टी हो । उहाँहरुलाई सगौरव आउन आग्रह गर्छु ।’
यस्तै अध्यक्ष दाहालले ६५ प्रतिशत केन्द्रीय सदस्य बैठकमा उपस्थित भएकाे भन्दै निर्वाचन आयोगको नियम कानुन ऐनअनुसार यो बैठक वैधानिक र आधिकारिक रहेकाे बताए । बालुवाटारमा भएको भेला वैधानिकता प्राप्त लायक नभएकाे उनकाे ठहर छ । सम्बाेधनका क्रममा उनले झलनाथ खनाल र माधव कुमार नेपालकाे प्रशंसा समेत गरे ।








