दाहाल-नेपाल पक्षमा केन्द्रीय सदस्यको गणना जारी, २९८ काे हस्ताक्षर

काठमाडौँ । सत्तारूढ नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधव कुमार नेपाल पक्षकाे केन्द्रीय समितिकाे बैठकमा सदस्यहरूकाे गणना जारी छ । अहिलेसम्म २९८ सदस्यले हस्ताक्षर गरिसकेका छन् ।

प्रधानमन्त्री एवम् अध्यक्ष केपी शर्मा ओली पक्षले केन्द्रीय समिति विस्तार गरी निवार्चन आयोगमा दर्ता गराएलगत्तै नेपाल-दाहाल पक्षले सदस्य गणना सुरू गरेकाे हाे । नेकपाको केन्द्रीय कमिटी ४ सय ४७ सदस्यीय छ ।

अहिले बबरमहलमा केन्द्रीय समिति बैठक जारी छ ।

प्रतिक्रिया