संसद विघटनमा राष्ट्रिय जनमुक्ति पार्टीको आपत्ति

  • भरतराज शर्मा (गोपाल)

सुनसरी । राष्ट्रिय जनमुक्ति पार्टीले संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीकाे निर्णयप्रति गम्भीर आपत्ति जनाएकाे छ ।

पार्टीले आज मंगलबार धरान १२ स्थित होटल पूर्वी स्टारको सभा हलमा समसामायिक राजनीतिक सन्दर्भमा गरेको पत्रकार भेटघाट कार्यक्रममा पार्टीका अध्यक्ष केपी पालुङवाले संसद विघटनकाे निर्णयमा आपत्ति जनाएका हुन् ।

निर्वाचन मार्फत् संघीय संसदमा एक कार्यकाल (५ वर्ष) का लागि अत्यन्त सुविधाजनक बहुमतको अवस्थामा पुगेको सत्तारूढ नेकपाको तर्फबाट देशको कार्यकारी प्रमुख बनेका प्रधानमन्त्री ओलीले पुष ५ गते संसद विघटन गरेका थिए । पालुङवाले प्राप्त जनादेशलाई कुठाराघात गर्दै आपसी कलह र द्वन्दका आवरणमा चालिएको यो कदमले देशलाई पुनः अस्थिरतातर्फ धकेल्ने निश्चित रहेकाे बताए ।

उनले भने, ‘यो कदम जति खेदजनक र भर्त्सना योग्य छ । याे विषय अति नै रहस्यमयी समेत देखिएको छ । यसको भण्डाफोर र खबरदारी गर्न हामीले जरुरी ठानेका छाैँ ।’

प्रतिक्रिया