नेकपा केन्द्रिय कमिटीमा चितवनका ८ जना
२०७७ पुस ७ गते

चितवन । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीकाे केन्द्रिय सदस्यमा चितवनबाट ८ जना मनोनित भएका छन् ।
नेकपा अध्यक्ष केपी शर्मा ओली पक्षको मंगलबार बसेको केन्द्रिय कमिटी बैठकले चितवनबाट ८ जनालाई केन्द्रिय सदस्य बनाउने निर्णय गरेको हो । बैठकको निर्णय अनुसार जेएन थपलिया,बिजय सुवेदी, हरि सापकोटा, प्रभा बराल, दावा लामा, पार्वती रावल, सारदा कुमाल र कपिल पोखरेललाई केन्द्रिय सदस्यमा मनोनीत भएका हुन् ।
ओली पक्षको केन्द्रिय कमिटी बैठकले आगामी मंसिरमा महाधिवेशन गर्ने निर्णय गर्नुका साथै ११ सय ९९ आयोजक केन्द्रिय कमिटी बनाउने निर्णय गरेको थियो । सोही निर्णय अनुसार चितवनबाट ८ जना केन्द्रिय कमिटीमा परेका हुन् ।
२०७७ पुस ७ गते
प्रतिक्रिया
सम्बन्धित








