विना मगरलाई प्रश्न : प्रधानमन्त्री ओलीलाई कारवाही हुन्छ ?

काठमाडाैं । पूर्व खानेपानीमन्त्री विना मगरले बालुवाटारमा बसेकाे प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओली पक्षको बैठकलाई विशुद्ध गुट भेला भनेकी छिन् ।
मंगलबार राजधानीको कार्की बैंक्वेटमा नेपाल-दाहाल पक्षकाे केन्द्रीय समिति बैठक चलिरहेकै समयमा उनले पत्रकारहरूसँगकाे कुराकानीका क्रममा यस्ताे बताएकी हुन् ।
यस्तै ‘प्रम ओलीलाई अनुशासनको कारवाही हुन्छ ?’ भन्ने सञ्चारकर्मीहरूकाे जिज्ञासामा मन्त्री मगरले भनिन्, ‘उहाँलाई अनुशासनकाे कारवाही गर्ने भन्ने प्रस्ताव केन्द्रीय कमिटीमा छ, अब कस्ताे किसिमकाे कारवाही गर्ने भन्ने कुरा बैठकपछि मात्रै निर्णय हुन्छ । अहिले नै भन्न सकिँदैन ।’
अहिले नेपाल-दाहाल पक्षकाे केन्द्रीय समिति बैठक जारी छ । बैठकमा छलफलका लागि ९ एजेण्डा तय गरिएकाे छ । आन्तरिक समस्या समाधानबारे प्रस्ताव, आन्तरिक पार्टी विवाद र विकसित राजनीतिक घटनाक्रमका बारेमा अध्यक्ष र अन्यको सम्बोधन, अनुशासनको कारवाही लगायतका विषयमा छलफल हुने जानकारी दिइएकाे छ ।
यसअघि साेही समूहकाे स्थायी कमिटी बैठक बसेकाे थियाे ।








