‘बालुवाटारको बैठक पार्टीको आधिकारिक बैठक होइन, गुट भेला मात्रै हो’
२०७७ पुस ७ गते

फाइल तस्बिर
काठमाडाैं । सत्तारूढ नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले बालुवाटारमा बसेकाे प्रम एवम् नेकपा अध्यक्ष केपी शर्मा ओली पक्षीय बैठकलाई पार्टीको आधिकारिक बैठक नभएको जिकिर गरेका छन् ।
आज (मंगलबार) दिउँसाे करिब १ बजे बबरमहलस्थित कार्की बैङ्क्वेटमा बसेकाे नेपाल-दाहाल पक्षीय स्थायी कमिटी बैठकपछि नेता नेपालले पत्रकारहरूसँगकाे कुराकानीका क्रममा साे कुरा बताएका हुन् ।
ओली पक्षीय बैठकलाई उनले ‘गुट भेला’काे संज्ञा दिएका छन् । यस्तै नेता नेपालले पार्टी नफुट्ने एवम् पूर्ण एकजुट हुने विश्वास समेत व्यक्त गरे ।
नेपाल-दाहाल पक्षकाे बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाएर उनको ठाउँमा माधव नेपाललाई अध्यक्ष बनाउने निर्णय समेत गरेको छ । दाहाल र नेपालले पालैपालो अध्यक्षता गर्ने प्रस्ताव गरिएको बैठकमा सहभागी एक नेताले बताए ।
२०७७ पुस ७ गते
प्रतिक्रिया
सम्बन्धित








