सबै उपाय अपनाएर प्रतिनिधि सभा पुनर्गठन गर्नेछौँ : माधव नेपाल [भिडिओसहित]

काठमाडौं । सत्ताधारी दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले आफूहरुले प्रतिनिधि सभा विघटन नमान्ने बताएका छन् । प्रतिनिधि सभा विघटन गर्ने अधिकार प्रधानमन्त्रीलाई संविधानले नदिएको बताउँदै नेता नेपालले आफूहरुले विघटनलाई नमान्ने बताएका हुन् ।

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिद्वारा विघटन भइसक्यो नि ? भन्ने जिज्ञासामा नेपाल नेपालले भनेका छन्, ‘कुनै अधिकारनै छैन । संविधानले त्यो अधिकार प्रत्याभूत नै गरेको छैन भने यत्तिकै गरिएको विघटनलाई कसरी मान्न सकिन्छ ? यो त मान्न सकिँदैन नि ।’

यस्तै नेता नेपालले आफूहरुले ओलीविरुद्ध संवैधानिक तथा कानूनी उपचार खोज्नेसमेत बताए । जुनै उपाय अपनाएर भए पनि प्रतिनिधि सभा पुनगर्गठन गर्ने बताएका नेता नेपालले थप भनेका छन्, ‘हामी सबै उपाय अपनाएर कथित विघटनलाई पुनर्गठन गर्नेछौँ । संवैधानिक उपाय हुन्छ कि, कानूनी हुन्छ कि । जसरी भए पनि हामी प्रतिनिधि सभालाई विघटन हुन दिने छैनौं ।’

भिडिओ यहाँ हेर्नुस्ः–

प्रतिक्रिया