संविधानविद् तथा कानूनविद्सँग परामर्श लिँदै असन्तुष्ट शीर्ष नेताहरु

काठमाडौं । सत्ताधारी दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्रका असन्तुष्ट शीर्ष नेताहरुले संविधानविद् तथा कानूनविद्हरुसँग परामर्श लिँदैछन् ।
नेकपा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयले दिएको जानकारीअनुसार प्रधानमन्त्री र राष्ट्रपतिद्वारा चालिएको असंवैधानिक एवम् निरङ्कुश कदमविरुद्ध अब चालिने संवैधानिक एवम् राजनीतिक कदमबारे संविधानविद् तथा कानूनविद्हरुसँग परामर्श नेताहरुले लिएका हुन् ।
प्रचण्ड सचिवालयले भनेका छ, ‘प्रधानमन्त्री र राष्ट्रपतिद्वारा चालिएको असंवैधानिक र निरङ्कुश कदमविरुद्ध अब चालिने संवैधानिक र राजनीतिक कदमका बारेमा संविधानविद् एवम् कानुनविद्हरुसँग परामर्श लिइएको हो ।’
परामर्श लिने नेताहरुमा अध्यक्ष दाहाल, वरिष्ठ नेता माधवकुमार नेपाल, प्रवक्ता नारायणकाजी श्रेष्ठलगायत रहेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेपछि अहिले थप तनाव छाएको छ ।








