इन्टर मिलन दोस्रो स्थानमा उक्लियो, एसी मिलान पनि विजयी

काठमाडौं । इटालियन सिरी ए मा इन्टर मिलान दोस्रो स्थानमा उक्लिएको छ । इन्टर मिलानले आइतबार राति भएको खेलमा स्पेजियालाई २-१ गोल अन्तरले पराजित गर्दै सिरी ए मा दोस्रो स्थानमा उक्लिएको हो ।

इन्टरको जितमा रोमेलु लुकाकु र अचरफ हाकिमीले एक एक गोल गरेका थिए भने स्पेजियाका लागि रोबेर्टो पिकोलीले एक गोल फर्काएका थिए । यो जितपछि इन्टरमिलानको १३ खेलमा ३० अंक भएको छ भने लिगमा दोस्रो स्थानमा रहेको छ । त्यस्तै स्पेजियाको १३ खेलमा ११ अंक रहेको छ र लिगमा १७औ स्थानमा रहेको छ ।आइतबार राति नै भएको अर्को खेलमा अपराजित रहँदै शीर्षस्थानमा रहेको एसी मिलानले सासुओलोमाथि २–१ को जित निकालेको छ ।

मिलानको जितमा राफयल लिआओ र एलेक्सिस सलिमर्कसले गोल गरे । घरेलु टोलीका डोमिनिको बेरारडीले एक गोल फर्काए । यो जितसँगै मिलान १३ खेलबाट ३१ अंक जोड्दै शीर्षस्थानमा यथावत रहेको छ । पराजित सासुओलो २३ अंक जोडेर छैटौं स्थानमा छ ।

प्रतिक्रिया