‘संविधानविरुद्ध अपराध गर्ने राष्ट्रपतिलाई ठेगान लगाऔं’ [भिडिओसहित]

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद गगन थापाले प्रधानमन्त्रीको गल्ती राष्ट्रपतिले सच्याउनुपर्ने बताएका छन् । संसद विघटनको सवालमा यस्तो नभएको बताएका सांसद थापाले एकको गल्ती अर्कोले सच्याउनुपर्नेमा त्यस्तो नभएको बताए ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा भङ्ग गरेपछि बानेश्वरमा एक भेलालाई सम्बोधन गरेका सांसद थापाले प्रधानमन्त्रीको गल्तीलाई सच्याउन नसक्ने राष्ट्रपतिलाई सडकबाटै ठेगान लगाउनुपर्ने बताएका हुन् ।

कतिपय युवा नेताहरुले व्यवस्थाविरुद्ध नै प्रश्न उठाउने गरेको स्मरण गर्दै सांसद थापाले भनेका छन्, ‘…यतिबेला संविधान र व्यवस्थालाई होइन, संविधानविरुद्ध अपराध गर्नेलाई ठेगान लगाऔं । यो संविधान र व्यवस्थाविरुद्ध अपराधन गर्ने राष्ट्रपतिलाई सडकबाटै ठेगान लगाऔं ।’

प्रचण्ड र माधव नेपालले पनि जनमतको अपमान गरे
यसैबीच सांसद थापाले आजको यो अवस्था ओलीकै कारण मात्रै नआएको पनि बताएका छन् ।

प्रधानमन्त्री चुन्ने सत्ताधारी दलको नेता हुतिहारा भएको कारणले पनि आजको यो अवस्था आएको सांसद थापाको तर्क थियो ।  उनले थप भनेका छन्, ‘आजको यो अवस्था सिर्फ केपी ओलीकै कारण मात्रै पनि भएको होइन । प्रचण्ड र माधव नेपाल हुतिहारा भएको कारणले पनि यो अवस्था आएको हो । तपाईँको बा बिरामी हुनुहुन्छ, उहाँलाई घरमा विश्राम दिनुस् भन्दा मान्नुभएन । तपाईँको प्रधानमन्त्री अनैतिक हुनुहुन्छ भन्दा मान्नुभएन । आज त्यसकै परिणाम आएको हो ।’

यस्तै सांसद थापाले संविधानलाई कुल्चिने प्रधानमन्त्री तयार गर्नु नेकपाको कमजोरी भएकोसमेत बताएका छन् ।

भिडिओ यहाँ हेर्नुस्ः–

प्रतिक्रिया