संसद विघटनविरुद्ध धरानमा पनि प्रर्दशन

भरतराज शर्मा (गोपाल)-

सुसनरी। प्रधानमन्त्री केपी शर्मा आलीले गरेको संसद विघटनविरुद्ध धरानमा नेकपाकै नेता कार्यकर्ताहरुले प्रदर्शन गरेका छन् ।

नेकपाका प्रदेश, जिल्ला र धरानका नेता, कार्यकर्ताहरुले संसद विघटनको सिफारिश खारेजको माग गर्दै धरानको भानुचौकमा टायर बालेर प्रर्दशन गरेका हुन् ।

धरान १ छाताचोक स्थित पार्टी कार्यालयबाट सयौँको संख्यामा निस्केका प्रदर्शनकारीहरुले भानुचोकसम्म पुगी विरोधसभा गरेका हुन् ।

प्रदर्शनकारीहरुले नाराबाजी गर्दै भानुचोकमा टायर बालेर प्रर्दशन गर्नुका साथै संसद विघटनको सिफरिस फिर्ताको माग पनि गरेका छन् ।

 

 

प्रतिक्रिया