सिटिजन्स बैंकका ग्राहकहरुलाई ल्याण्डमार्क होटलमा विशेष छुट

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र ल्याण्डमार्क होटल रिसोर्ट एण्ड स्पा बिच बैंकका ग्राहकलाई विभिन्न सेवा शुल्कमा विशेष छुट दिने सम्बन्धी सम्झौता भएको छ ।

यस सम्झौतापश्चात सिटिजन्स बैंकका डेबिट क्रेडिट र प्रिभिलेज कार्डवाहकले ल्याण्डमार्क होटल, रिसोर्ट एण्ड स्पामा सेवालिँदा विशेष छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना ११० वटा शाखा, ९९ वटा ए.टि.एम. र १०४ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट करिव साढे ६ लाखग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदानगर्दै आएको छ ।

प्रतिक्रिया