निर्वाचन आयोगका पदाधिकारीसँगको ओलीको छलफल जारी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन आयोगका पदाधिकारीहरुसँग छलफल गरेका छन् । मन्त्रिपरिषद् बैठकको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरेपछि ओलीले आयोगका पदाधिकारीसँग छलफल गरेका हुन् ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताएअनुसार आयोगका तर्फबाट प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियासहित अन्य आयुक्तहरु उपस्थित छन् ।

यस्तै छलफलका क्रममा संसदीय दलका उपनेता सुवास नेम्वाङ, गृहमन्त्री रामबहादुर थापा ‘बादल’, नेकपा महासचिव विष्णु पौडेललगायत पनि सहभागी छन् ।

संसद विघटन भएपछि सरकारले आगामी १७ र २७ बैशाखमा आम निर्वाचनको मिती तय गरेको छ ।

प्रतिक्रिया