‘पञ्चायत रिटर्न्स’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरेपछि युवाहरु सडकमा उत्रिएका छन् ।

‘केपी ओलीले पञ्चायत फर्काए’भन्दै युवाहरु सडकमा उत्रिएका हुन् । सडकमा उत्रिएका युवाहरुले ‘यो पञ्चायत होइन, केपी ओली तिमी श्री ५ होइनौ’, ‘सर्वोच्च अदालत, तिम्रो परीक्षण शुरु भयो’,लगायतका नाराअंकित पम्पलेट बोकेर काठमाडौंमा प्रदर्शनमा उत्रिएका हुन् ।

अहिले सडकमा नेकपा नेताहरुसमेत उत्रिएका छन् ।
|तस्वीरहरुः विकास अर्याल, मकालु खबर|

प्रतिक्रिया