देउवानिकट चन्द अख्तियार आयुक्तमा सिफारिस

काठमाडौं । नेपाली कांग्रेसका नेता शेरबहादुर देउवा निकट जयबहादुर चन्द अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आयुक्त पदमा सिफरिस भएका छन् ।

चन्दलाई गत ३० मंसिरको संवैधानिक परिषद्को बैठकले सिफारिस गरेको थाहा भएको हो । चन्द पूर्वएआइजीसमेत हुन् । पुष्पकमल दाहाल ‘प्रचण्ड’ हुँदा देउवाले चन्दलाई प्रहरी महानिरीक्षक बनाउन जोड गरेका थिए । तर, पछि सर्वोच्चको अवरोधपछि चन्द महानिरीषक बनेनन् ।

भर्खरै प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरेकी छन् । लगत्तै संवैधानिक परिषद्ले गरेको निर्णयहरु बाहिरिएका छन् । निर्णयहरुमा पूर्व गृहसचिव प्रेम राईलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सिफारिस गरिएको छ ।

प्रतिक्रिया