बालुवाटारमा ओलीले दाहाललाई भेट्नै मानेनन्
२०७७ पुस ५ गते

|नेकपाका दुई अध्यक्ष, केपी ओली र प्रचण्ड|
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री सरकारी निवास बालुवाटार पुगेका नेकपा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न अस्वीकार गरेका छन् ।
संसद विघटनको सिफारिस राष्ट्रपति कार्यालय पठाउने निर्णय मन्त्रिपरिषद्बाट गराएका ओलीले अध्यक्ष दाहाललाई भेट्न नमानेका हुन् ।
दाहालनिकट स्रोतका अनुसार संसद विघटन सिफारिसको निर्णयबारे थप बुझ्न चाहेका दाहाललाई ओलीले भेटन् नमानेको हुन् ।
प्रधानमन्त्री ओलीको उक्त निर्णयलाई अघिकांश नेताहरुले असंवैधानिक र लोकतन्त्रको मर्मविपरीत भएको बताएका छन् ।
२०७७ पुस ५ गते
प्रतिक्रिया
सम्बन्धित








