‘अहिलेको संविधानअनुरुप संसद विघटन गर्न मिल्ने प्रावधान छैन’

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संसद विघटनको सिफारिस राष्ट्र हितविपरीत भएको बताएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार बिहान आकस्मिक मन्त्रिपरिषद्को बैठक बोलाएर संसद विघटनको सिफारिस राष्ट्रपतिसमक्ष पठाउने निर्णय गरेका थिए । उक्त कमदलाई नेता पौडेलले संविधान र लोकतन्त्रको मर्मविपरीत भएको भएको पनि बताएका छन् ।

आफूलाई सिफारिसबारेको सूचना प्राप्त भएको बताउँदै नेता पौडेल भनेका छन्, ‘यो संविधान विपरीत छ । लोकतन्त्रको मर्म विपरीत छ र राष्ट्र हीत विपरीत छ । अहिलेको संविधानअनुरुप विघटन गर्न मिल्ने प्रावधान छैन । र राष्ट्रपतिले यसलाई स्वीकार गर्न हुँदैन । यो फिर्ता गर्नु पर्दछ । म यस्ता मुलुक र लोकतन्त्रलाई अस्थिरता र संकटतर्फ धकेल्ने गैर लोकतान्त्रिक कदमको घोर भत्सर्ना गर्दछु ।’ नेता पौडेलले आफ्नो फेसबूकमार्फत् भनेका छन् ।

प्रधानमन्त्री ओलीले आज बिहान मन्त्रिपरिषद् बैठक बोलाएर उक्त सिफारिस गराएका थिए ।

प्रतिक्रिया