अन्ततः संसद विघटनसम्मै पुग्यो ‘नेकपा आन्तरिक किचलो’

काठमाडौं । अन्ततः प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनको सिफारिस गरेका छन् । प्रधानमन्त्री ओलीले आइतबार बिहान आकस्मिक मन्त्रिपरिषद् बैठक बोलाएर संसद विघटनको सिफारिस राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पठाउने निर्णय गरेका हुन् ।

यसअघि ओलीले शनिबार दिनभर असन्तुष्ट पक्षसँगै आफूनिकटका नेताहरुसँग भेटघाट गरेका थिए । त्यसपछि राष्ट्रपति निवास सोझिएका ओलीले आज बिहान उक्त प्रकृतिको निर्णय गराएका हुन् ।

शनिबार ११ बजे प्रधानमन्त्री ओली नेकपा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’निवास खुलमटार पुगेका थिए । त्यहाँ दाहाल र उपाध्यक्ष बामदेव गौतमलाई संयुक्त रुपमा भेटेका ओलीले त्यसपछि पुल्चोक पुगेर गृहमन्त्री रामबहादु थापा ‘बादल’लाई भेटेका थिए ।

विद्यमान विवादलाई गत ३० गते जारी संवैधानिक परिषद्सम्बन्धीको अध्यादेशले थप पेचिलो बनाएको थियो । खासगरी त्यसपछि सिर्जित राजनीतिक परिस्थितिका कारण ओली संसद विघटनसम्म पुगेका हुन् ।

विघटनको निर्णय असंवैधानिक 
यता प्रवक्ता नारायणकाजी श्रेष्ठले भने प्रधानमन्त्रीको उक्त कदमलाई असंवैधानिक भनेका छन् । ‘यो कदम असंवैधानिक हो ।’प्रवक्ता श्रेष्ठले भनेका छन् ।

अध्यक्ष दाहाललाई दह्रो साथ दिँदै आएका गौतमले थप भनेका छन्, ‘यस्तो कदम चाल्नु भनेको कसैको लागि राम्रो होइन ।’

प्रतिक्रिया