राष्ट्रपति भेट्न शीतल निवास पुगे प्रधानमन्त्री
२०७७ पुस ४ गते

राष्ट्रपतिकाे कार्यालय शितल निवास
काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न प्रधानमन्त्री केपी शर्मा ओली शीतल निवास पुगेका छन् ।
शनिबार साँझ राष्ट्रपति भण्डारीलाई भेट्न उनी शितल निवास पुगेको स्रोतले बताएको छ ।
स्रोतका अनुसार पछिल्लो राजनीतिक घटनाक्रम, अध्यादेश विवादलगायत विषयमा जानकारी गराउने उद्धेश्यले प्रधानमन्त्रीले राष्ट्रपतिलाई भेटेका हुन्।
यसअघि उनले शनिबार विहान खुमलटार पुगेर सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका थिए ।
सरकारले जारी गरेको संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता नलिएको भन्दै प्रधानमन्त्रीको आलोचना हुँदै भइरहेका बेला प्रधानमन्त्रले भेटवार्तालाई तीव्रता दिएका छन् । प्रधानमन्त्रीले राष्ट्रपतिसँग परामर्श गरेर मात्र अध्यादेश फिर्ता लिने बताएका थिए।
२०७७ पुस ४ गते
प्रतिक्रिया
सम्बन्धित








