ओली–थापा भेटमा नेम्वाङ्ग–ढकाल पनि मिसिए
२०७७ पुस ४ गते

|चार नेताबीच भेटवार्ता। तस्वीरः प्रधानमन्त्री सचिवालय|
काठमाडौं । नेकपा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग करिब १ घण्टा वार्ता गरेर खुमलटार छाडेका प्रधानमन्त्रीसमेत रहेका केपी शर्मा ओली र गृहमन्त्री रामबहादुर थापा ‘बादल’बीचको भेटमा दुई मन्त्री पनि मिसिएका छन् ।
खुमलटारमा वरिष्ठ नेतामा माधवकुमार नेपालको ‘इन्ट्री’पछि बाहिरिएका ओली बादललाई भेट्न सिधै पुल्चोकतिर सोझिएका थिए । उनीहरुको भेटमा मन्त्रीद्वय वसन्त नेम्वाङ (भौतिक योजना तथा यातायातमन्त्री) र भानुभक्त ढकाल (स्वास्थ्य तथा जनससंख्या मन्त्री) पनि मिसिएका हुन् ।
नेकपाले जारी स्थायी कमिटीको अर्को बैठक भोलिका लागि डाकेको छ । बैठकको पूर्वसन्ध्यामा ओलीले आफूनिकटका नेताहरुसँगको भेटलाई तीव्र बनाएका छन् ।
नेकपाभित्रको विवाद उत्कर्षमा पुगिरहेको बेलाको प्रधानमन्त्री ओलीको यो दौडधुपको परिणाम कस्तो आउला हेर्न बाँकी छ ।
२०७७ पुस ४ गते
प्रतिक्रिया
सम्बन्धित








