खुमलटार : ओली बाहिरिए, नेपाल भित्रिए
२०७७ पुस ४ गते

|खुमलटार पुगेका प्रधानमन्त्री केपी शर्मा ओली। तस्वीरः मकालु खबर|
काठमाडौं । प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओली खुमलटारबाट बाहिरिएका छन् ।
बिहान १० बजेपछि खुमलटार पुगेका ओली करिब १ घण्टा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग वार्ता गरेर बाहिरिएका हुन् ।
ओली बाहिरिएसँगै वरिष्ठ नेता माधवकुमार नेपाल खुमलटार पुगेका छन् । खुमलटार पुगेका नेपालसँग दाहालले ओलीसँग भएका अन्तरंग कुराकानीबारे जानकारी गराउने बुझिएको छ ।
शुरुमा दुई अध्यक्ष मात्रै वार्तामा बसेका थिए । त्यसपछि केही समयपछि उपाध्यक्ष बामदेव गौतम पनि पुगेका थिए । ओलीसँगै उपाध्यक्ष गौतम पनि किस्केका छन् ।
२०७७ पुस ४ गते
प्रतिक्रिया
सम्बन्धित








