सरकारी वकिलहरूकाे पुस ८ देखि जुम एपमार्फत तेस्रो राष्ट्रिय सम्मेलन हुने

सरकारी वकीलको राष्ट्रिय सम्मेलन यही पौष ८, ९, र १० मा जुम एपमार्फत तेस्रो राष्ट्रिय सम्मेलन आयोजना हुँदैछ ।
सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यू काे प्रमुख आतिथ्यमा सम्मेलन आयोजना हुन लागेकाे हाे ।
मुलुकी अपराध संहिता समेतका कानूनहरूले गरेका नयाँ व्यवस्था समेतका सन्दर्भमा सरकारी वकीलहरू बीच हुने छलफलबाट साझा दृष्टिकोण विकास गरी कार्यसम्पादनमा एकरुपता कायम गर्ने, सरकारी वकीलहरुको व्यावसायिकता अभिवृद्धि गर्न एवम् सरकारी वकील कार्यालयको संस्थागत क्षमता विकास गर्नका लागि यो सम्मेलनको आयोजना गर्न लागिएको हो ।
महान्यायाधिवक्ताको कार्यालयले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी सरकारी वकिलहरूको तेस्रो राष्ट्रिय सम्मेलनको कार्यक्रमबारे औपचारिक जानकारी गराएको हो ।
सम्मेलनमा महान्यायाधिवक्ताकाे कार्यालयकाे नयाँ भवन उद्घाटनकाे कार्यक्रम समेत रहेकाे छ ।








