प्रधानमन्त्री भएपछि पहिलो पटक ‘प्रचण्ड’निवास पुगे ओली [ फोटो फिचर]

काठमाडौं । केपी शर्मा ओली प्रधानमन्त्री भएपछि पहिलो पटक पार्टी कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’निवास खुमलटार पुगेका छन् ।

खासगरी पछिल्लो पटक पार्टीभित्र देखिएको विवाद समाधानको लागि भन्दै ओलीले दाहाललाई भेटेका हुन् ।

यसअघि हिजो पनि उनीहरुबीच भेटवार्ता भएको थियो । ओली खुमलटार पुग्नुअघि महासचिव विष्णु पौडेल खुमलटार पुगेका थिए ।

खुमलटारमा प्रधानमन्त्री ओली आउने भएपछि कडा सुरक्षा नीति अपनाइएको छ ।

प्रतिक्रिया