प्रचण्डलाई भेट्न खुमलटार जाँदै प्रधानमन्त्री ओली
२०७७ पुस ४ गते

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न खुमलटार जाँदैछन् । ओली १० बजेपछि प्रचण्ड निवास खुमलटार जाने भएका हुन् ।
प्रधानमन्त्री ओली केही बेरमा दाहाल निवास खुमलटार आउन लागेको सूचना प्राप्त भएको दाहालका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए । प्रधानमन्त्रीमा निर्वाचित भएपछि पहिलो पटक ओली दाहाललाई भेट्न उनकै निवासमा जान लागेका हुन् । शुक्रबार साँझ बालुवाटारमा भएको ओली-दाहाल भेट आरोप-प्रत्यारोपमै अल्झिएको थियो ।
प्रधानमन्त्री ओली आउने भएपछि खुमलटार क्षेत्रमा सुरक्षाकर्मी अलर्टमा राखिएको छ । पार्टीमा आन्तरिक विवाद चर्किरहेका बेला ओली दाहाललाई भेट्न खुमलटार जान लागेकोलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
२०७७ पुस ४ गते
प्रतिक्रिया
सम्बन्धित








