पछिल्लो २४ घण्टामा ७८२ जना कोरोना संक्रमित थपिँदा १६ जनाको मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ७ सय ८२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ५२ हजार ४ सय ७४ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार १ हजार २९ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । यससँगै हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ४१ हजार ३ सय ९२ पुगेको छ।

यस्तै, पछिल्लो २४ घण्टामा नेपालमा थप १६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ७ सय ६५ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

हाल देशभर ९ हजार ३ सय १७ जना सक्रिय संक्रमित छन् भने ४ सय २७ जना क्वारेन्टिनमा रहेका छन् ।

 

प्रतिक्रिया