सर्वाधिक कमाई गर्ने कलाकारको सूचीको ५२औं स्थानमा अक्षय, ज्याकी चेनलाई पनि उछिने

एजेन्सी । अमेरिकी व्यापार पत्रिका फोर्ब्सले भर्खर सन् २०२० मा १०० सर्वाधिक कमाई गर्ने विश्वको १०० कलाकारहरुको सूची जारी गरेको छ ।उक्त सूचीमा पर्ने एक मात्र भारतीय कलाकार हुन्, अक्षय कुमार ।

अक्षय यस सूचीको ५२ औं स्थानमा परेका छन् । उनको कमाई कोरोना अवधिमा भने केही प्रभावित भएको थियो । गत वर्षको तुलनामा यस वर्ष उनको आम्दानी ८८ करोडले घटेको छ । यसको बाबजूद पनि उनी ज्याकी चान र जेनिफर लोपेजजस्ता अभिनेताहरू भन्दा अगाडि छन् ।

सन् २०१९ मा अक्षयको आम्दानी ४४४ करोड थियो । जुन यस वर्ष ३५६ करोड मात्र रहेको छ । गत वर्ष अक्षय यस सूचीमा ५१औं स्थानमा थिए भने सन् २०१८ मा २७० करोड साथ ७६ औं स्थानमा थिए । भारतीय सञ्चारमाध्यमका अनुसार अक्षयको कमाइको मुख्य स्रोत भनेको नै चलचित्र हो ।

प्रतिक्रिया