कुमरोजमा नागरिक आरोग्य सेवा केन्द्र

चितवन । खैरहनी नगरपालिका १२ कुमरोजमा नागरिक आरोग्य सेवा केन्द्रले सेवा सुरु गरेको छ । चितवनको रत्ननगरमा रहेको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रले सेवा केन्द्र स्थापना गरेको थियो ।

बिहिवार वडा अध्यक्ष टिकाराम तिमल्सिनाले उद्घाटन गरेसंगै यहाँबाट सेवा सुरु भएको हो । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रले बुधबार शिवनगरमा यस्तै प्रकृतिको सेवा केन्द्रको उद्घाटन गरेको थियो ।

कुमरोजको सेवा केन्द्र उद्घाटनका अवसरमा खैरहनी १२ का वडा अध्यक्ष टिकाराम तिमल्सिनाले कोरोना भाइरस संक्रमणको यो अवस्थामा आयुर्वेदिक पद्धति, आयुर्वेद औसधिको प्रयोग गर्नुपर्छ भन्ने सन्देश दिएको बताए । सेवा केन्द्रका लागि आवश्यक सहयोग वडा र नगरपालिकाले गर्ने वडा अध्यक्ष तिमल्सिनाले बताए ।

खैरहनी नगरपालिका स्वास्थ्य शाखा प्रमुख अनुप अधिकारीले नेपालमा प्रयाप्त मात्रामा जडिबुटी रहेकाले आयुर्वेदिक औषधिकोरुपमा प्रयोग गर्नुपर्ने औल्याए । अधिकारीले आयुर्वेद र एलोपेथिक औषधिलाई परिपूरकका रुपमा संगसंगै लैजानुपर्ने पनि बताए ।

सो सेवा केन्द्रबाट अम्लपित्त,कब्जियत,छालाको रोग,स्त्री रोग,पायल्समधुमेह ,उच्च रक्तचापलगायत नसर्ने रोग व्यवस्थापनका लागि आयुर्वेद सेवा प्रदान गरिने जिल्ला आयुर्वेद स्वास्थ केन्द्रकि प्रमुख डाक्टर कोपिला अधिकारीले बताइन् । त्यस्तै, दुखाइ ब्यबस्थापनका लागी स्नेहन,स्टिम बाथघुंडा दुखेकोमा जानू बस्ती,ढाड खुखेकोमा कटिबस्ती सेवा,पिनास,नाकको एलर्जी, तनाब ब्यबस्थापनका लागि स्टिम बाथ शिरोधारा,जिवनशैली ब्यबस्थापनका लागि योग ,प्राणायाम लगायत्को सेवा प्रदान गरिने डाक्टर अधिकारीले जानकारी दिइन ।

उद्घाटन कार्यक्रममा आयुर्वेद बिज्ञ प्रेरक रेग्मी ,जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका डाक्टर देवेन्द्र यादव,नागरिक आरोग्य सेवा केन्द्र शिवनगरकी डाक्टर सबिना खड्का लगायतले मन्तव्य राखेका थिए ।

प्रतिक्रिया