अध्यादेशबारे छलफल नै नगरी सकियो मन्त्रिपरिषद् बैठक

काठमाडौं । आज बसेको मन्त्रिपरिषद् बैठक संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता गर्ने विषयमा कुनै छलफल नै नगरी सकिएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बसेको बैठकमा अध्यादेशबारे कुनै प्रस्ताव नआएकोले छलफल नभएको बैठकमा सहभागी एक मन्त्रीले मकालुखबरलाई जानकारी दिए

अध्यादेश जारी गर्ने प्रस्ताव पनि यसअघि मन्त्रिपरिषद् बैठकमा छलफल नभएकाले फिर्ताको विषयमा पनि छलफल नभएको ती मन्त्रीको भनाइ छ ।

यसअघि पनि प्रधानमन्त्रीले मुख्य सचिवलाई निर्णय लेख्न लगाएर राष्ट्रपति समक्ष पठाइएकोले फिर्ता सम्बन्धी निर्णय पनि सोही प्रक्रियाबाट हुने स्रोतको भनाइ छ ।

प्रतिक्रिया