माछापुच्छ्रे बैंंकले शेयरधनीहरुलाई १०.४ प्रतिशत लाभांश वितरण गर्ने

काठमाडौं । माछापुच्छ्रे बैंंक लिमिटेडले शेयरधनीहरुलाई १०.४ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । बैंकको २२ औँ साधारणसभाबाट आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन पारित गर्नुका साथै शेयर धनीहरुलाई हालको चुक्तापूँजीको १०.४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।

जसमध्ये, चुक्तापूँजीको ३.३७ प्रतिशत नगद र ७.०३ प्रतिशत बोनस लाभांश प्रदान गर्ने प्रस्ताव पारित गरेको छ । साथै, साधारणसभाबाट माछापुच्छ्रे बैंक लि. सर्वसाधारण सेयर धनी समुहको तर्फबाट जय मुकुन्दखनाल, विश्वप्रकाश गौतम तथा सृजना कार्की भट्टराईलाई आगामी ४ वर्षको लागि संचालक समितिको सदस्य पदमा निर्विरोध निर्वाचित गरेको छ । साथै बैंकले सेयर धनिहरुलाई लाभांश वितरण गर्न सुरु गरिसकेको छ ।

बैंकले गत आर्थिक वर्षमा १ अर्ब २६ करोड ५१ लाख रुपैंया खुदनाफा गरेर प्रतिशेयर आम्दानी १४ रुपैंया ९६ पैसा कायम गरेको थियो । बैंकको चुक्ता पूँजी ८ अर्ब ४५ करोड रुपंैया तथा साधारण जगेडा कोषमा १ अर्व ७० करोड रुपंयाँ संचित छ ।

प्रतिक्रिया