नायिका एलिजाको घोषणा–‘गरिबको लागि ७७ वटै जिल्लामा १०/१० वटा घर निर्माण’

काठमाडौं । चलचित्र ‘अनुराग’ बाट नेपाली रजतपटमा डेब्यु गरेकी नायिका एलिजा गौतमले अब सामाजिक कार्य गर्ने निर्णय गरेकी छिन् । एलिजा पछिल्लो समय मोडलिङ्गमा पनि व्यस्त रहँदै आएकी छन् ।

उनले सामाजिक कार्य गर्ने उद्देश्यले स्थापित एलिजा फाउण्डेशनले धादिङसहित देशका ७७ वटै जिल्लाका विभिन्न दुर्गम तथा विकट भेगहरुमा गरिब, असहायहरुको घर बनाइदिने निर्णय गरेकी हुन् । प्रत्येक जिल्लामा दश/दश वटा घरहरु निर्माण गर्ने कुरा उनले बुधबार सामाजिक सञ्जाल फेसबूकमार्फत् जानकारी गराएकी छन् ।

एलिजा लेख्छिन्–‘आदरणीय देश तथा विदेशमा बस्नुहुने नेपाली महानुभावहरु सबैमा मेरो सादर नमस्कार ! सामाजिक कार्य गर्ने उद्देश्यले स्थापित एलिजा फाउण्डेशनले छिट्टै धादिङसहित देशका ७७ वटै जिल्लाका विभिन्न दुर्गम तथा विकट भागमा गरिब, असहायहरुको लागि प्रत्येक जिल्लामा दश/दश वटा घरहरु निर्माण गर्ने कुरा जानकारी गराउन चाहन्छु । यस पवित्र कार्यमा सबैको साथ, सहयोग र हौसला प्राप्त हुनेछ भन्ने विश्वास लिएका छौं । फाउण्डेशनले अहिले पनि विभिन्न सामाजिक कार्य गर्दै आएको कुरा यहाँहरुलाई सर्वविदितै छ । आउनुहोस् हातमा हात र काँधमा काँध मिलाए र यस सामाजिक कार्यको लागि सहकार्य गरौं । अहिले नगरे कहिले गर्ने ? र हामीले नगरे कसले गर्ने ? भन्ने कुरालाई ध्यानमा राखेर हामी यो महान कार्यको लागि तयार भएका छौं ।’

गौतमले यसैअगाडि लेखेकी छन्, ‘यो घोषणासँगै हामी पहिलो चरणको कार्य धादिङबाट सुरु गर्ने जानकारी गराउँछौं । हजुरहरुको अमूल्य साथ र सहयोगको अपेक्षासहित यो विशेष अनुरोध गरेको छु ।’

प्रतिक्रिया