सिटिजन्स बैंकका ग्राहकहरुलाई करियर स्टेसनमा विशेष छुट

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र करियर स्टेसन प्रा लि बीच बैंकका ग्राहकलाई आईईएलटिएस, कुम्याट, टोफेल,एसएटी,पीटीई, सीम्याट, जीम्याट, जीआरईका तयारी कक्षामा विशेष छुट दिनेसम्बधी सम्झौता भएको छ ।

सम्झौतामा सिटिजन्स बैंकका डेबिट, क्रेडिट र प्रिभिलेज कार्ड वाहक र उनीहरूका परिवारका सदस्यहरुले करियर स्टेसनमा सेवा लिँदाविशेष छुट पाउँनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १११ वटा शाखा, ९९ वटा ए.टि.एम. र १०४ वटा शाखारहित बैंकिङ्ग ईकाईहरुबाट करिब साढे ७ लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

कोरोना भाइरसको महामारीबाट सम्पूर्ण विश्वनै आक्रान्त बनेको अवस्थामा यस बैंकले नबीनतम प्रविधिको अधिकतम प्रयोग गर्दै सावधानीपूर्वक ग्राहकहरुको वित्तीय आवश्यकता डिजिटली प्रदान गरिरहेको छ ।

प्रतिक्रिया