पछिल्लो २४ घन्टामा नेपालमा थप ७३६ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । पछिल्लो २४ घन्टामा नेपालमा थप ७३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरमा थप ७३६ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको हो । योसँगै नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या २ लाख ५० हजार ९१६ पुगेको छ ।

हाल देशभर ९ हजार ७५७ सक्रिय संक्रमित रहेका छन् । त्यस्तै पछिल्लो २४ घण्टामा ८४७ जना कोरोना संक्रमित कोरोनामुक्त (डिस्चार्ज) भएका छन् ।

साथै पछिल्लो २४ घण्टामा थप १३ जनाको मृत्यु भएसँगै मृतकको संख्या एक हजार ७४३ पुगेको मन्त्रालयले जनाएको छ ।

 

प्रतिक्रिया