अध्यादेशविरुद्ध सर्वोच्चमा दुई रिट !

काठमाडौं । अधिवक्ता दिनेश त्रिपाठीले पनि संवैधानिक परिषद्समबन्धी अध्यादेशविरुद्ध रिट दर्ता गराएका छन् ।

मंगलबार (हिजो) प्रधानमन्त्री तथा परिषद् अध्यक्ष केपी शर्मा ओलीले मन्त्रिपरिषद्मा जानकारी नै नदिइ राष्ट्रपतिद्वारा जारी गराएका अध्यादेशविरुद्ध अधिवक्ता त्रिपाठीले पनि सर्वोच्चमा रिट दायर गराएका हुन् । अधिवक्ता त्रिपाठीले आफ्नो आधिकारिक फेसबूक ह्याण्डलमार्फत् सो कुराबारे जानकारी दिँदै उल्लेख गरेका छन्, ‘संवैधानिक परिषद्सम्बन्धी अध्यादेशलाई चुनौती दिएर मैले सर्वोच्च अदालतमा दायर गर्न लागेको रिट दर्ता प्रक्रियामा रहेको छ ।’

यसअघि अधिवक्ता ओमप्रकाश अर्यालले पनि अध्यादेशविरुद्ध सर्वोच्चमा रिट दायर गराएका थिए ।

प्रतिक्रिया