अध्यादेशविरूद्ध सर्वोच्च अदालतमा रिट दायर

काठमाडौं । संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन– २०६६ को (पहिलो संशोधन) अध्यादेश २०७७विरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ ।

अधिवक्ता ओमप्रकाश अर्यालले राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा मंगलबार जारी संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन, २०६६ को (पहिलो संशोधन) अध्यादेश २०७७ विरुद्ध सर्वोच्चमा रिट दायर गरेका हुन् ।

अधिवक्ता अर्यालका अनुसार रिट दर्ताको प्रशासनिक काम भने बाँकी रहेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठकमा जानकारी नदिइकनै अध्यादेश राष्ट्रपतिद्वारा जारी गराएका थिए । अध्यादेशलाई अधिकांश नेताहरुले अलोकतान्त्रिक भनेका छन् ।

प्रतिक्रिया