भक्तपुरमा कुखुरा फर्ममा आगलागी हुँदा २७ सय कुखुरा जले

भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालिका–८ जितपुरको एक कुखुरा फर्ममा आगलागी भएको छ । दीपक गिरीले सञ्चालन गरेको कुखुरा फर्ममा आगलागी भएको हो ।

गहुँको छ्वालीले छाएको टहरोमा भुसे चुलोबाट आगो सल्किएको प्रहरीले जनाएको छ । आगलागीबाट सबै टहरा नष्ट हुँदा प्यारेज जातका करिव २ हजार ७ सय कुखुरा जलेका छन् भने करिब १५ लाख रुपैयाँ बराबरको क्षति भएको छ ।

आगलागीपछि महानगरीय प्रहरी परिसर भक्तपुर र प्रहरी प्रभाग व्यासी तथा चाँगुका प्रहरी टोली, भक्तपुरको दमकल तथा स्थानीयवासीले आगो नियन्त्रणमा लिएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए ।

प्रतिक्रिया