नेकपा स्थायी कमिटी बैठक शुरु भयो, ओली उपस्थित भएनन्
२०७७ पुस १ गते

|जारी स्थायी कमिटी बैठक। २१/०८/२०७७|
काठमाडौं । अध्यक्ष केपी शर्मा ओलीविनै नेकपा स्थायी कमिटी बैठक शुरु भएको छ । प्रधानमन्त्री सरकारी निवासमा शुरु भएको बैठकमा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओली भने उपस्थित छैनन् ।
बैठकअघि कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ओलीलाई भेटेका थिए । त्यसपछि शुरु भएको बैठकमा स्वयम् ओली अनुपस्थित रहेका हुन् ।
करिब आधा घण्टा ओलीलाई भेटेका दाहालले आजको बैठकलाई सम्बोधन गरेका छन् । यसअघि गत २१ मंसिरबाट शुरु भएको बैठकमा पनि ओली उपस्थित भएका थिएनन् ।
खासगरी हिजो संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी भएपछि चिढिएका नेकपा कमिटी सदस्यहरुले आजको मुख्य एजेण्डाको रुपमा अध्यादेशलाई नै लिएका छन् ।
२०७७ पुस १ गते
प्रतिक्रिया
सम्बन्धित








