स्थायी कमिटी बैठकपूर्व अध्यक्षद्वयबीच भेटवार्ता !

काठमाडौं । नेकपा स्थायी कमिटी बैठकअघि अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच छलफल भएको छ ।

स्रोतका अुनसार कार्यकारी अध्यक्ष दाहाल प्रधानमन्त्रीसमेत रहेका अर्का अध्यक्ष ओलीलाई भेट्न बालुवाटार पुगेका हुन् ।

अहिले छैटौं नेकपा स्थायी कमिटी बैठक चलिरहेको छ । गत २१ गते शुरु भएको बैठक आज तेस्रो चोटी बस्दैछ ।

आजको बैठकमा पूर्व निर्धारित कार्यसूचीभन्दा पनि मंगलबार जारी अध्यादेशलाई केन्द्रमा राखेर छलफल गरिने कमिटी सदस्यहरुले बताइसकेका छन् ।

बैठकको समय दिउँसो १ बजे भनिएपनि केही ढिलोगरी शुरु हुने बताइएको छ ।

प्रतिक्रिया