उखु !

उखु !

मात्र उखुको
कविता हुन सक्दैन
तर,
जब उखु
सुदूर पहाडको जङ्गलबीच उकालो चढिरहेको
कुनै छापामारको काँधको बन्दुकजस्तो देखिन्छ
जब उखु
सत्याग्रहमा
महात्मा गान्धीले टेकिहिँडेको डण्डीजस्तो देखिन्छ
वा,
उखुलाई
उखु किसानले नै अरू केही देख्न थाल्ने छन्
जस्तो, घरेलु हतियार
तब,
उखुको कविता हुन्छ
मात्र उखुको
कविता हुन सक्दैन ।

प्रतिक्रिया