सिद्धार्थ बैंकको लघु, साना तथा मझौला कर्जा अब “स्कोरकार्ड मोडल” को आधारमा प्रदान गरिने

काठमाडौं । सरल तथा सहज रुपमा साना तथा मझौला व्यवसायीलाई छोटो समयमै कर्जाप्रदान गर्ने उद्देश्यका साथ सिद्घार्थ बैंक लिमिटेडले ग्राहकको वित्तीय तथा गैर वित्तीय सुचांकहरुको आधारमा कर्जा स्वीकृती प्रक्रिया“स्कोरकार्ड मोडल”को प्रारम्भ गरेको छ ।

स्कोरकार्ड मोडलअन्तर्गत बैंकले रु एक करोड सम्मको लघु, साना तथा मझौला कर्जा ग्राहकले आवश्यक सम्पूर्ण कागजात पेश गरेको २४ कार्य घण्टा भित्र स्वीकृत गरिने व्यवस्था मिलाएको छ ।

यो स्कोरकार्ड मोडलसिद्धार्थ बैंक र यूकेएड सक्षम एक्सेस टु फाईनान्स प्रोग्रामबीचको सहकार्यमा देशको लघु, साना तथा मझौला उद्यमहरुको लागि सरल प्रक्रियामाकर्जा प्रदान गर्न र वित्तीय पहुँचमा वृद्धि गर्न सञ्चालन गरिएको हो ।

व्यवस्था अन्तर्गत कर्जाका लागि आवेदन दिन तथा थप जानकारीका लागि आफ्नो नजिकैको शाखा वा बैंकको ग्राहक सेवा केन्दमा सम्पर्क गर्न बैंकले भनेको छ ।

प्रतिक्रिया