गर्जिए गगन–‘राष्ट्रपतिसँगको साठगाँठमा अध्यादेश जारी गर्ने ?’

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद गगन थापाले जारी अध्यादेशलाई विफल बनाएरै छाड्ने चुनौती दिएका छन् ।
नेकपा अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट अध्यादेश जारी गराएको अध्यादेशलाई जनताका बलमा विफल बनाएरै छाड्ने चुनौती सांसद थापाले दिएका हुन् ।
राष्ट्रपतिसँगको साठगाँठमा अध्यादेश जारी गरेको बताएका सांसद थापाले भनेका छन्, ‘संसद बन्द गर्ने अनि संविधानको व्यवस्थाको खिल्ली उडाउने प्रावधान राखेर राष्ट्रपतिसँगको साठगाँठमा अध्यादेश जारी गर्ने ! केपी शर्मा ओली सरकारको यो असंवैधानिक र निरङ्कुश कदमलाई असफल बनाएरै छाड्नेछौं । सडक र सदनको बलबाट, जनताको साथ र शक्तिबाट !’
यसअघि नेकपा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेता झलनाथ खनाल, जनार्दन शर्मासँगै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले समेत अध्यादेशलाई नकारात्मक भनेका छन् ।








