‘अध्यादेश कांग्रेसले भनेको अधिनायकवादको सिँढी’

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सरकारले जारी गरेको संबैधानिक परिषद् सम्बन्धी अध्यादेश तुरुन्त खारेज हुनुपर्ने माग गरेका छन् ।

आफ्ना जेठा दाजु निरञ्जन कोइरालालाई भेट गर्न एक साता अघि भारतको नयाँदिल्ली पुगेका डा. कोइरालाले त्यहिँबाट आजै सरकारद्वारा जारी भएको अध्यादेश खारेजीको माग गरेका हुन् ।

सामाजिक सञ्जालमा लेख्दै डा. कोइरालाले सरकारले जारी गरेको कांग्रेसले भनेको अधिनायकवादको सिंढी भएको समेत बताएका छन् ।

‘संविधानको मर्म र भावनाविपरीत ल्याइएको ‘संवैधानिक परिषद्सम्बन्धी अध्यादेश’ तुरुन्तै खारेज गरियोस् । यो अध्यादेश हामीले भन्दै आएको अधिनायकवादको सिँढी हो ।’ कांग्रेस केन्द्रीय सदस्य डा. कोइरालाले भनेका छन् ।

सरकारले आज जारी गरेको अध्यादेशको चौतर्फी विरोध भएको छ । सत्तारुढ नेकपाका अध्यक्ष प्रचण्डले पार्टीमा समेत सल्लाह नै नगरी ल्याइएको अध्यादेश तुरुन्त फिर्ता हुनुपर्ने बताएका छन् ।

आज दिउसो राष्ट्रपतिद्वारा जारी गरिएको अध्यादेशमा आफ्नै पार्टीमा समेत प्रधानमन्त्रीले सल्लाह नगरेको आरोप छ ।

भोली हुने नेकपाको स्थायी कमिटी बैठक अगाडी आएको अध्यादेशले पार्टीभित्र प्रधानमन्त्री ओली र प्रचण्ड पक्षविचको दुरी झनै बढेको छ ।

प्रतिक्रिया