अब दक्षिण कोरियाबाट सजिलै नेपालमा रकम पठाउन सकिने

काठमाडौं । दक्षिण कोरियाबाट नेपालका जुनसुकै बैंक तथा वित्तीय संस्थाहरूका खातामा रकम तुरुन्त पठाउन सकिने गरी एन आई सी एशिया बैंक र Sentbe रेमिटबीच रणनीतिक साझेदारीको सुरुवात भएको छ ।

दक्षिण कोरियामा बस्दै आएका नेपालीहरूले अब बिना झन्झट मोबाइल एवं कम्प्युटरको प्रयोगबाटै एनआइसी एशिया बैंक तथा नेपालका अन्य कुनै बैंक खातामा अनलाइनमार्फत रकम जम्मा गर्न सक्नेछन् ।

उक्त सुविधाका अलावा कोरियाबाट देशभर छरिएर रहेका बैंकका १० हजार भन्दा बढी रेमिट्यान्स एजेन्टहरूमार्फत आफुले इच्छाएको व्यक्तिलाई सहज रुपमा रकम पठाउन समेत सकिने व्यवस्था रहेको छ ।

कोरियामा बसोबास गरिरहेका नेपालीहरूले Sentbe रेमिटको वेबसाइट sentbe.com तथा मोबाइल एपमार्फत कुनै पनि खाता तथा आफन्तका नाममा रकम पठाउन सक्छन् ।

प्रतिक्रिया