बैंक अफ काठमाण्डू लिमिटेडको डिबेञ्चर २०८६ को निष्काशन बन्द

काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडले सर्वसाधारण तथा ब्यक्तिगत लगानीकर्ताहरुको दीर्घकालीन लगानीमा उच्चतम् प्रतिफल सुनिश्चितता हुने गरी मंसिर २४ गते देखीे “८.५% बिओके डिबेञ्चर २०८६” निष्काशन खुल्ला गरेकोमा हिजो सोमबारबाट निष्काशन बन्द गरेको छ ।

बैंकले निष्काशन गरेको उक्त ऋणपत्रमा लगानीकर्ताहरुको उत्साहजनक सहभागिताले गर्दा निर्धारण गरीएको अन्तिम मितिमा नै बन्द भएको हो ।

बैंकद्वारा निष्काशन गरीएको ऋणपत्रमा लगानीकर्ताहरुकोे सहभागिताले बैंक र लगानीकर्ताहरु बिचमा रहेको विश्वसनियतालाई पुष्टि गरेको बैंकको धारणा छ ।

बैंकले उक्त ऋणपत्र निष्काशनको लागि नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडलाई बिक्री प्रबन्धकमा नियुक्त गरेको थियो ।

प्रतिक्रिया