लुम्बिनी विकास बैंकको ६९औं शाखा मगंल बजारमा

काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले बहुसंख्यकग्राहकहरुलाई बैंकिङ्ग सेवा पु¥याउने आफ्नो नीति अनुरुप ललितपुर, महानगरपालिका महापाल वडा नं. १६, मगंलबजारमा आफ्नो ६९औं शाखा कार्यालयको शुभारम्भ गरेको छ ।

बैंकको व्यवसाय,आफ्नो ग्राहक आधार तथा शाखा सञ्जालमासमेत निहित रहने हुँदा बैंकले आफ्नो पूर्व योजना मुताविक शाखा विस्तारलाई निरन्तरता दिने क्रममा देशका सात वटै प्रदेश अन्र्तगतका २८ जिल्लाका विभिन्न स्थानमा रहेका ६९ वटा शाखाबाट बैंकिङ्गकारोबारको सुविधा प्राप्त हुने जानकारी सो अवसरमा गराईयो ।

बैंकको हाल कायम चुक्ता पुँजी २ अर्व ७२ करोड रहेको छ । २०७७ असोज मसान्तमा बैंकको कुल जगेडा कोषमा रु २ अर्ब ९६ करोड रहेको छ । २०७७ असोज मसान्तसम्ममा बैंकको कुल कर्जा सापटी २७ अर्ब ९४ करोड पुगेको छ भने निक्षेप रु ३३ अर्ब ४१ करोड पुगेको छ ।

यस विकास बैंकले सम्पूर्ण शाखा कार्यालयहरुबाट विभिन्न प्रकारका निक्षेप तथा कर्जा सुविधाका साथै बैंकिङ्ग सेवाहरु उपलब्ध गराउँदै आफ्नो सेवालाई आधुनिकीकरण र परिमार्जन गर्दै करीव २ लाख ६४ हजार ग्राहकहरुलाई सरल एवं सुरक्षित बैकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया