सेञ्चुरी कमर्सियल बैंकले ७.५० प्रतिशत लाभांस वितरण गर्ने

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले आफ्ना सेयरधनीहरुलाई गत आ.ब. २०७६/७७ को मुनाफाबाट ७.५० प्रतिशत लाभांस वितरण गर्ने भएको छ । जसमध्ये चुक्तापूँजीको ५.२५प्रतिशत बोनस सेयर र २.२५ प्रतिशत नगद लाभांस वितरण गर्ने छ ।

बैंकको ३२६ औं सञ्चालक समतिको बैठकले चुक्तापूँजीको ५.२५ प्रतिशत बोनस सेयर र २.२५ प्रतिशत नगद लाभांस वितरण गर्ने प्रस्ताव गरेको छ ।

सो लाभांस नेपाल राष्ट्र बैंकको स्वीकृति एंव बैंकको १०औं वार्षिक साधारणसभाले पारित गरेपछि वितरण गरिने जनाइएको छ ।

 

प्रतिक्रिया