सरकार विरुद्ध कांग्रेसको शक्ति प्रदर्शन (फोटो फिचर)

काठमाडौं । सरकार भ्रष्टाचार, कूशासन र अधिनायकवाद तर्फ अग्रसर भएको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले शक्ति प्रदर्शन गरेको छ । आज देशव्यापी भएको प्रदर्शनमा कांग्रेसका शीर्ष नेताहरुसँगै दोस्रो तह, जिल्ला क्षेत्र र नगरका नेताहरुको पनि उल्लेख्य उपस्थिति रह्यो ।

देशका ७७ वटै जिल्लामा विहान ११ बजेदेखि दिउसो ३ बजेसम्म भएको प्रदर्शनमा कांग्रेसका भातृ संगठन, जनवर्गिय संगठन तथा आम जनताको स्वतःस्फुर्त सहभागीता रहेको कांग्रेसले जनाएको छ ।

नेपाली कांग्रेसको चारतारे झण्डा सहित देशभर सडकमा उत्रिएका कार्यकर्ताहरुले सरकार विरुद्ध चर्का नारा लगाएका थिए । काठमाडौं उपत्यकासँगै देशका विभिन्न शहरमा निस्किएको प्रदर्शनमा युवाहरुको बाक्लो उपस्थिति रहेको थियो ।

प्रदेश नं. १ का विराटनगर, इनरुवा, दमक, विर्तामोड, धनकुटा जस्ता ठूला शहरहरुमा जिल्ला र नगरका कांग्रेस कार्यकर्ताहरु सडकमा उत्रिएका थिए । सरकार विरोधी विभिन्न नाराबाजी सहित प्रदर्शनमा उत्रिएका उनीहरुले दुई तिहाईको बर्तमान सरकार अभिनायकवाद तर्फ लम्किएको भन्दै नाराबाजी गरे ।

कांग्रेस शीर्ष नेताहरुले सत्तारुढ दलकै कारण राजावादीहरु सडकमा उर्लिएको, सरकार लोकतान्त्रिक गणतन्त्र समाप्त गर्न र अधिनायकवाद लाद्न सक्रिय रहेको बताएका छन् ।

देशभर भएका प्रदर्शनमा कांग्रेस सभापति शेरबहादुर देउवा, बरिष्ठ उपाध्यक्ष रामचन्द्र पौडेल, महामन्त्री डा. शशांक कोइराला, सह–महामन्त्री विमलेन्द्र निधी, नेताहरु, गगन थापा, अर्जुननरसिंह केसी, रामशरण महत लगायत सबै जसो नेताहरुले बोलेका थिए ।

कांग्रेसले प्रमुख प्रतिपक्ष दलका रुपमा पहिलो पटक सरकार विरुद्ध शक्ति प्रदर्शन गरेको हो ।

हेर्नुहोस थप तस्विरहरुः

प्रतिक्रिया