ग्वार्कोको पेट्रोल पम्पस्थित ट्याङ्करमा यसरी भयो आगलागी [भिडियोसहित]
२०७७ मंसिर २९ गते
![ग्वार्कोको पेट्रोल पम्पस्थित ट्याङ्करमा यसरी भयो आगलागी [भिडियोसहित]](https://www.makalukhabar.com/wp-content/uploads/2020/12/tankar1607867785.jpg)
काठमाडौं । ललितपुरको ग्वार्कोस्थित पेट्रोल पम्पमै पार्किङ गरिरहेको अवस्थामा एक ट्याङ्करमा आगलागी भएको छ । आइतबार साँझ सवा ६ बजे ग्वार्कोको उज्जवल पेट्रोल पम्पमा रहेको ट्याङकरमा आगलागी भएको हो ।
महानगरीय प्रहरी परिसर, ललितपुरका प्रहरी उपरीक्षक प्रज्जवल महर्जनका अनुसार ललितपुरका दुई वटा र काठमाडौंको एउटा दमकल प्रयोग गरी आगलागी नियन्त्रणमा आएको थियो । उनका अनुसार ना ६ ख ९७४ नम्बरको ट्याङ्करमा आगलागी भएको हो ।
ट्याङ्करमा पूर्ण रूपमा क्षति पुगेको छ भने अरू पाँच वटा मोटरसाइकलमा पनि पूर्ण रूपमा क्षति पुगेको छ । पेट्रोल पम्प आगलागी हुनबाट जोगिँदा ठूलो दुर्घटना टरेको हो ।
भिडियो: उत्तम श्रेष्ठको फेसबुकबाट
२०७७ मंसिर २९ गते
प्रतिक्रिया
सम्बन्धित









